काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंबासीको खानेपानी समस्या छिटो समाधान होस भनेर आफूहरु लागि परेको बताएका छन् ।
बहु प्रतिक्षित मेलम्ची खानेपानी परियोजना किन सुचारु हुन सकेन भनेर आफुहरुले मेलम्ची खानेपानी मुहानमै पुगेर अवस्था बुझेर आएको जानकारी गराउँदै नेता सिंहले केही ब्यवहारिक र प्राबिधिक समस्या तत्कालै समाधान गर्न पहल गर्ने बताए ।
उनले चाँडै नै प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर मेलम्ची खानेपानी समस्याको समाधान गर्न पहल गर्ने समेत बताए । फरक प्रसंगमा बोल्दै सुकुम्बासीहरुका् समस्या चाँडै समाधान गरिने पनि बताए ।
शनिवार बिहान काठमाडौंको आशा आवासीय विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यहाँ सुकुम्वासीहरूको पनि समस्या देखिएको छ । अहिले राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ । आयोगको दिएको सुझावअनुसार हामीले तीव्रताका साथ सुकुम्वासीहरूको समस्या समाधान गर्नेछौँ,’ उनले भने ।
काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धिको लागि आफू सधैँ तयार रहेको बताए मतदाताहरूको चाहना प्रधानमन्त्री भइदेओस् भन्ने भएपनि आफूले परिस्थिलाई नजिकबाट हेरिरहेकाले चाँडै उपयुक्त निर्णय लिने पनि जानकारी गराए । यद्यपि आफूसँग प्रधानमन्त्री बनेर काम गर्नसक्छु भन्ने ‘कन्फिडेन्स’ भने भएको उनले बताए । ‘तर, प्रधानमन्त्री भएर काम गर्नसक्छु भन्नेचाहिँ छ मसँग,’ उनले भने ।