July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने रहर

1.7K

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अघि करिब आधा दर्जन नेताले भावी प्रधानमन्त्रीका रुपमा आफूलाई उभ्याएका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणाम परिणाअन्तिम चरणमा पुगिरहेका बेला कांग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा.शशांक कोइरालाले प्रधानमन्त्रीका लागि दौडधुप शुरु गरेका छन् । नेपाली पौडेलले आफ्नो नेतृत्वमा सरकार गठनको लागि पहलकदमी लिएका छन् ।

उनले सोमबार विहानमात्रै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा पौडेलले आफूलाई प्रधानमन्त्री बनाउनको लागि नेपालसँग प्रस्ताव राखेका थिए । त्यसमा नेपालले सकारात्मक जवाफ दिएको बताईएको छ ।

नेपालले गठबन्धन बनाउनको लागि सबैभन्दा बढि मेहनत गरेको भन्दै अब प्रधानमन्त्रीमा पौडेल नै हकदार भएको बताएका थिए । यसअघि पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरिसकेका छन् ।

Advertisement

दाहाल पनि पौडेललाई प्रधानमन्त्री बनाउन सकारात्मक रहेको पौडेलको सचिवालयको दाबी छ । उता, आजै प्रचण्ड र माधव नेपाल दुवै नेताले प्रधानमन्त्री शेरहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । बालुवाटारमा भएको छलफलमा देउवाले दुवै नेतासँग सरकार निर्माणको बारेमा चासो राखेको बुझिएको छ ।