July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

समानुपातिकतर्फ एमालेले २० लाख कटायो, माओवादी केन्द्र तेस्रो स्थानमा उक्लियो

1.2K

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २० लाख ३२ हजार मत प्राप्त गरेको छ ।

कांग्रेसले १९ लाख ६३ हजार मत पाउँदै दोस्रो स्थानमा छ। यसअघि, चौथो स्थानमा रहेको माओवादी केन्द्र तेस्रोमा उक्लिएको छ । माओवादी केन्द्रले ८ लाख ७३ हजार मत पाउँदा चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ४२ हजार मत प्राप्त गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४७ हजार, जनता समाजवादी पार्टी, नेपालले २ लाख ४१ हजार र एकीकृत समाजवादीले १ लाख ८७ हजार मत पाएको छ ।

Advertisement