March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

रसुवामा दोब्बर मतका साथ कांग्रेसका मोहन आचार्य निर्वाचित

1.6K

काठमाडौं । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनले ९ हजार ६२१ मतले नेकपा (एमाले)का छोवाङ तेन्जिङ तामाङलाई पराजित गरेका हुन् ।

आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६१४ मत ल्याएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन् ।

रसुवामा ३९ हजार चार सय ५९ मतदाता रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो ।

Advertisement