March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

समानुपातिकतर्फ एमालेको अग्रता कायम, माओवादी केन्द्र भन्दा स्वतन्त्र अगाडी

1.4K

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले तीव्र गतिमा मत बटुलिरहेको छ ।

एमालेले १ लाख २४ हजार ३५४ मत पाएको छ । दोस्रो स्थानमा झरेको कांग्रेसले १ लाख ५ हजार ६६६ मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ५४ हजार ३१४ मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले ४७ हजार ६४९ मतसहित चौथो स्थान ओगटेको छ ।

Advertisement

राप्रपा २९ हजार ४८६ मतसहित पाँचौं, जसपा ९ हजार ३७७ मतसहित छैटौं तथा जनमत पार्टी ८ हजार ७३७ मतसहित सातौं स्थानमा छ ।

नेमकिपा ७ हजार ८२ मतसहित आठौं, नागरिक उन्मुक्ति पार्टी ६ हजार ४२२ मतसहित नवौं, नेकपा एस ५ हजार ९०२ मतसहित दशौं स्थानमा छ ।

अन्य दलहरुले जम्मा २४ हजार २७३ मत पाएका छन् । प्रदेशतर्फ प्रदेश १ मा एमाले, मधेसमा कांग्रेस, बागमतीमा कांग्रेस, गण्डकीमा एमाले, लुम्बिनीमा एमाले र कर्णालीमा माओवादी अगाडि छ । सुदूरपश्चिमको तथ्यांक आइसकेको छैन ।