March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले छुसेबहाल केन्द्रबाट गरे मतदान

7.3K

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षा मन्त्री भिमसेनदास प्रधानले काठमाडौ महानगरपालिका २७ स्थित ज्याठामा रहेको छुसेबहाल मतदान केन्द्रबाट मतदान गरेका छन् काठमाडौ क्षेत्र नम्बर ६ का लागि प्रतिनिधि सभातर्फ उनी नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ उमेदवार छन ।

उनले आफ्नै टोलमा रहेको छुसेबहाल मतदान केन्द्रबाट आइतबार बिहान साढें १० बजे मतदान गरेका हुन् । सो क्षेत्रबाट प्रधान यसअघि २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा १३ सय मतान्तरले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार बनेका झक्कु सुवेदीलाई हराउँदै निर्वाचित भएका थिए ।

Advertisement