November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेसले सार्वजनिक गर्यो ५२ पृष्ठको घोषणा पत्र

२०७९ कार्तिक १२

1.8K

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ को चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ‘थिम’ निरन्तरतामा नविनता रहेको बताए । उनले घोषणापत्र निर्माणमा सबै समुदाय र उमेर समूहको तथा विज्ञहरुको सहभागिता रहेको बताए । घोषणापत्रमा कांग्रेसको नारा ‘संविधान रक्षा,स्थिरता र समुन्नतिको आधार,नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ रहेको शर्माले बताए ।

५२ पृष्ठको घोषणापत्रमा कांग्रेसले संघीय संसद् र प्रदेशसभाले बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र संघीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने प्रतिज्ञा गरेको छ ।

Advertisement

साथै दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र अ‌संवैधानिक कदम नचाल्ने पनि कांग्रेसको प्रतिज्ञा छ । त्यस्तै घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरू ल्याउने पनि उल्लेख गरिएको छ ।