June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

पाँचथरको विकासका लागि भीष्मराज आङ्देम्बेका १० संकल्प

1.5K

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिदै गर्दा पूर्वी पहाडी जिल्ला पाँचथरमा चुनावी सरगर्मी बढेको छ ।

सत्ता गठबन्धको तर्फबाट पाँचथरबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री भीष्मराज आङ्देम्बेले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

एमालेका बसन्त नेम्बाङलाई भारी मतले पराजित गर्ने उद्देश्य अनुरुप आङ्देम्बेले १० संकल्प सार्वजनिक गरेका छन् । काँग्रेस पाँचथरको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आङ्देम्बेले आफ्ना संकल्प सार्वजनिक गरेका हुन् ।

Advertisement

आङ्देम्बेका १० संकल्प
१. जिल्लाका सबै स्वास्थ्य संस्थामा आवस्यक पर्याप्त औषधी, स्वास्थ्यकर्मी तथा उपकरणको व्यवस्था गरिने छ ।
२. जिल्लाका सबै सामूदायिक विद्यालयमा तथा सामूदायिक क्याम्पसहरुमा सुविधा सम्पन्न भवन , अन्य पूर्वाधार , दक्ष विषयगत शिक्षक तथा आधुनिक शिक्षण प्रविधि प्रयोगका दृष्टिले सक्षम बनाइने साथै पाँचथर बहुमुखी क्याम्पसलाई त्रि।वि।को आंगिक क्याम्पस बनाउन पहल गरिने छ ।
३. जिल्लाका सबै स्थानीय तह केन्द्रसम्म कालोपत्रे सडक तथा वडा केन्द्र सम्म बाह्रै महिना संचालन हुन सक्ने सडक निर्माण तथा मर्मत संभार गरिने छ ।
४. राँके रबी भेडेटार, तमोर कोरिडोर जस्ता जिल्लाको समृद्धिका दृष्टिले महत्वपूर्ण राजमार्ग निर्माण सम्पन्न तथा मेची राजमार्गको स्तरोन्नती गरिने छ ।
५.तमोर जलाशययुक्त आयोजना निर्माण प्रारम्भ, विद्यमान अव्यवस्थित विद्युत वितरण प्रणाली र विकृतिको अन्त्य गर्दै सबै पालिका केन्द्रलाई केद्रिय प्रशारण लाइनमा आवद्ध गरी पाँचथर जिल्लाका प्रत्येक घरमा विद्युत सेवा पु¥याइने छ ।
६. जिल्लाका प्रत्येक घरमा शुद्ध पिउने पानी पु-याइने छ ।
७. सिलौटी, लब्रेकुटी लगायतका जिल्लाका महत्वपूर्ण पर्यटकीय गन्तब्यहरुमा वार्षिक १० हजार पर्यटक भित्राउने गरी भौतिक लगायतका अन्य संरचना निर्माण सम्पन्न गरिने छ । फिदिम देखि लब्रेकुटी सम्म केवलकार संचालन तथा कुम्मायक कुस्सायक जोड्ने झोलुङ्गे पुल निर्माणको आवस्यक प्रक्रिया थालनी गरिने छ ।
८. फिदिम नजिक रहेको महभीरमा रकक्लाइमिङ, उपयुक्त स्थान पहिचान गरी बन्जी जम्प, प्याराग्लाइडि·, जीपलाइन, साइकल रुटको विकास तथा तमोरमा र्याफ्टिङलाई व्यवस्थित गरी साहसिक खेलकुदलाई पर्यटनसंग आवद्ध गरिने छ ।
९.जिल्ला भित्र संचालित अटो रिक्सा (टेम्पो) ब्यवस्थित सञ्चालनका लागि रुट अनुमतिको ब्यवस्था मिलाउने तथा फिदिममा यातायात ब्यवस्था कार्यालय र आन्तरिक राजश्व कार्यालय स्थापना गरिने छ ।
१०. अब्यवस्थित बसोबासलाई ब्यवस्थित बनाउँदै जिल्लाका सम्पूर्ण बजार क्षेत्रमा सीसी क्यामरा जडान, सडक बत्ती तथा सामूदायिक भवन जस्ता सम्पूर्ण आवस्यक पूर्वाधार निर्माण सम्पन्न गरिने छ ।