November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं ७(ख)का सबिन तामाङको प्रतिबद्धता: प्रदेशको औचित्य पुष्टी गर्नेगरी काम गर्छु

2.3K

काठमाडौं । मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७(ख)बाट उम्मेदवार बनेका युवा नेता सबिन तामाङले आफ्नो क्षेत्रलाई समुन्नत र विकासको क्षेत्रमा अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

आइतबार अपरान्ह एक भिडियो सन्देश सार्वजिनक गर्दै तामाङले राजनीतिमा लामो समयसम्म रहेको क्रियाशीलता र सिकेको ज्ञानलाई आफूले कार्यान्वयनमा ल्याउन उम्मेदवारी दिएको बताएका छन् । प्रदेशको औचित्य पुष्टी गर्दै संघीयता कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी भएको पनि उनले प्रष्ट पारेका छन् ।

उनले भनेका छन्,‘नागार्जुन नगरपालिका वडा नम्बर १, २, ३ र तारकेश्वर नगरपालिका वडा नम्बर ३, ४, ५ का स्थानहरुका सम्भावना र चुनौतिहरु राम्रोसँग बुझेको छु । धार्मिक तथा पर्यटकीय स्थानहरु इचंगुनारायण देखि जितपुरसम्मका धेरै काम गर्नुपर्नेछ । पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा जिम्मावारीमा रहँदा पनि र नरहँदा पनि निरन्तर क्रियाशील हुनेछु ।’

Advertisement

४२ बर्षको उम्मेरसम्म सोही क्षेत्रमा बसेर नजिकबाट बुझेकाले जानेर केही पनि गल्ती नगरेको उल्लेख गर्दै गलत कुराको साक्षी नहुने पनि तामाङले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य समेत रहेका तामाङले आगामी निर्वाचनमा आफूलाई मतदाताले न्याय गर्ने पनि अपेक्षा गरेका छन् ।

उक्त क्षेत्रबाट प्रतिनिधि सभामामा गठबन्धनबाट नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले उम्मेदवारी दिएकी छिन् भने प्रदेश सभा (क)मा बसन्त मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।

https://www.facebook.com/100086959686291/videos/3359216874315356