November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

देउवालाई इतर समूहको चेतावनी: शनिबार साँझ ५ बजेसम्म सूची नसच्चाए ‘बिद्रोह’

1.7K

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरुले संशोधित सूची बुझाउन असोज १६ गतेलाई अन्तिम मिति तोकेको छ ।

तर नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुले भने शनिबार आज साँझ ५ बजेसम्म सभापति शेरबहादुर देउवालाई समानुपातिकको सूची सच्चाउन अल्टिमेटम दिएका छन् ।

संस्थापनइतर शेखर कोइराला र गगन थापा निकटका नेताहरुले समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै संघर्षमा उत्रिएका आएका छन् ।

Advertisement

संघर्षको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले शनिबार साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपातिक सूची सच्याउने समय दिएको बताएका छन् । सूची नसच्चाए देशब्यापी विद्रोह गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।