April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सत्तारुढ गठबन्धनका दलहरुलाई सिट बाँडफाँड टुंगो लगाउन हम्मे, देउवा–प्रचण्ड अन्तिम कसरतमा

1.6K

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच सिट वाँडफाँडमा समस्या भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्तिम कसरतमा जुटेका छन् ।

सिट बाँडफाँड टुँगो लगाउनको लागि प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र प्रचण्ड गृहकार्यमा जुटेका हुन् । आइतबार विहान नेताद्वय प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए । बिहान ९ बजेपछि देउवा र प्रचण्डबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रत्यक्षतर्फ १६५ सिटमा भागबण्डा लगाउन यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा सहमति हुन सकेको छैन् ।

Advertisement

दलहरुले आ–आफ्नो दाबी कायमै राखेकोले सहमति हुन नसकेको बुझिएको छ । १६५ मा कांग्रेसले १०० सिटमा दाबी गरेको छ । उता, माओवादीले ५० भन्दा माथि सिट मागेको छ। नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् ।

आइतबार नै साँझ गठबन्धनको बैठक बसेर सिटको भागबण्डा टुँगो लगाउने तयारी छ । त्योभन्दा अघि देउवा–दाहाल छलफलमा जुटेका हुन् ।