काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको चुनाव एमालेले जित्नैपर्ने बताएका छन् । देशले जित्ने कि हार्ने भन्ने कुराको फैसला मंसिर चार गते हुने उनको भनाइ छ ।
नेकपा एमाले सुनसरीले शनिबार दुहबीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमालेले जित्नु भनेको देशले जित्नु भएको बताए । देश, जनता र लोकतन्त्रलाई जिताउन एमालेलाई जिताउनुपर्ने उनको भनाइ थियो ।
लोकतन्त्रलाई हार्न नदिन सक्रियतासाथ जागरण र चुनावी अभियान सञ्चालन गरिरहेको उनले बताउ । उनले नेपालमा हस्तक्षेप गर्ने प्रयास नगर्न बाह्य शक्तिलाई चेतावनी दिए ।
एमालेले सरकारमा छँदा विकास र समृद्धिका लागि हजारौं काम गरेको बताउँदै अधुरा रहेका काम आगामी चुनावपछि सरकारको नेतृत्व गरेर पूरा गर्ने बताए । मंसिर ४ को चुनावमा ४ वटा सांसद् र ८ वटा प्रदेश सदस्य सुनसरीले पाउने उनले बताए ।