April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कांग्रेस भक्तपुर-१ प्रदेश (क)मा उद्धव खड्काको बलियो दाबेदारी, १७ जनाको आशय पत्र

7.1K

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको दौडधुप बाक्लिएको छ । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश (क) मा कांग्रेसका १७ जनाले आशय पत्र पेश गरेका छन् ।

प्रदेश सभा १ क प्रदेश कार्यालयमा प्रत्यक्ष तथा समानुपातिकतर्फ १७ जनाले आशय पत्र पेश गरेका नेपाली काँग्रेसले जनाएको छ । तिनीहरुमध्ये प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ ६ जना रहेका छन् ।

प्रत्यक्षतर्फ आशय पत्र पेश गर्नेहरुमा शिवहरी केसी, प्रबिन बन, उद्धब खड्का, राजेश खड्का, राधा कार्की(सरु बानियाँ), गणेशप्रसाद फुँयाल, यादवप्रसाद अधिकारी, मनोजकुमार थापा, सुरेश श्रेष्ठ, हरिप्रसाद नेपाल र समुन्द्र थापा रहेका छन् ।

Advertisement

त्यस्तै समानुपातिकतर्फ कृष्णलाल भँडेल, बिजेश अवाल, माधवप्रसाद न्यौपाने, सृजना केसी, सङ्गिता फुँयाल र धन बहादुर थिङ्ग रहेका नेपाली काँग्रेस चाँगुनारायणका सचिव शिवहरि थापाले बताए । आशय पत्र बुझाएका नेताहरुले टिकटका लागि शक्ति संघर्ष चलिरहेको छ ।

प्रत्यक्षतर्फका उद्धव खड्का बलिया दाबेदारका रुपमा देखिएका छन् । नेविसंघ भक्तपुरको जिल्ला सहसचिब, सचिब हुँदै जिल्ला अध्यक्ष भएका उनले आधिकारिक उम्मेदवार बन्ने र विजयी हुने दाबी गरेका छन् ।

पूर्णकालिन राजनीतिमा लागेका उनले २०५० सालमा नेबिसंघको सदस्य लिइ नेपाल कमर्स क्याम्पस मीनभबन क्याम्पसबाट राजनीतिक यात्रा शुरु गरेका थिए । तीन दशक राजनीतिमा विताएर सक्रियतापूर्वक काम गरेकाले पार्टीले आफूलाई उचित न्याय गर्ने बताउँछन् । टिकट आफूले पाउनेमा ढुक्क रहेको र निर्वाचनमा सबैको साथ सहयोगबाट विजयी हुने उनको दाबी छ ।