April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कांग्रेस काठमाडौं–९ बाट १० जनाको नाम सिफारिस, नानु बाँस्तोला प्रत्यक्षतर्फ

12.6K

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नम्बर नौं क्षेत्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय संसद प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ चार जना उम्मेदवारको नाम टुङ्ग्याएको छ । उक्त नामलाई पार्टीको केन्द्रीय निर्देशन अनुसार माथिल्लो तहको कार्यसमितिमा पेश गर्ने निर्णय गरेको हो ।

बुधबार क्षेत्रीय सभापति जयकृष्ण महर्जनको अध्यक्षता सम्पन्न भएको बैठकले क्षेत्रीय कार्यसमिति, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि , प्रदेश क्षेत्रीय प्रतिनिधिहरु समेतको संयुक्त बैठकले प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नाम फाइनल गरेको हो ।

जस अन्तर्गत क्षेत्रीय सभापति जयकृष्ण महर्जन, केन्द्रीय सदस्य ध्यानगोबिन्द रञ्जित, केन्द्रीय सदस्य नानु बाँस्तोला, महाधिवेशन प्रतिनिधि धर्मराज गौतम, पूर्वराज्यमन्त्री तिर्थ राम डंगोल, महाधिवेशन प्रतिनिधि गौरी प्रसाद दवाडीको नाम सिफारिस गरेको हो । समानुपातिकतर्फ भने दामोदर गौतम, बासु कार्की, बन्दना खडकाको नाम सिफारिस गरेको हो ।

Advertisement

प्रत्यक्ष र समानुपातिक दुबैतर्फ १० जना उम्मेदवारको नामावली पठाउने निर्णय भएको सो बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु ध्यान गोबिन्द रञ्जित ,नानू बास्तोला र पुर्बकेन्द्रीय सदस्य किरण गिरीको सहभागितामा गरिएको हो । देशका विभिन्न क्षेत्रबाट सिफारिस भएका महिलाहरुलाई समानुपातिकमा राखिए पनि नानु बाँस्तोलालाई भने काठमाडौंले प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।

नेविसंघ र महिला संघको केन्द्रीय सदस्य भइसकेकी उनी पार्टीको निती तथा प्रशिक्षण प्रतिष्ठानमा बसेर सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छन् । गान्धीवादको अध्येता समेत रहेकी उनी शान्ति र अहिंसाको प्रवद्र्धन, महिला अधिकार, नागरिक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि तीन दशकदेखि क्रियाशील छिन् ।

पार्टीले अघि बढाएका देशब्यापी आन्दोलन, नीति तथा कार्यक्रम, लोकतन्त्रको प्रवद्र्धन, कार्यकर्ताहरुलाई प्रशिक्षणमा बाँस्तोलाले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छन् । हालैमात्र कांग्रेसले शुरु गरेको ‘जनतासँग नेपाली कांग्रेस’ अभियानमा बाँस्तोला ललितपुरमा प्रतिनिधिका रुपमा खटिएकी थिइन ।