April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

केपी ओली र रवीद्र मिश्रबीच अढाइ घन्टा छलफल

1.5K

काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अढाइ घन्टा लामो संवाद भएको छ ।

आइतबार साँझ ओली निवास बालकोटमा भएको भेटवार्तामा करिब अढाई घण्टा छलफल भएको मिश्रले जानकारी दिए ।
आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता लगायत विषयमा कुराकानी भएको मिश्रले जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईं धर्म/संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ?’ मैले सोधेँ। उहाँले भन्नुभयो, ‘म अहिले पनि राती सुत्नुअघि कम्तीमा एक घण्टा पढ्छु।’ उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२–१ नबजी सुत्नु हुन्न, उहाँको ऊर्जा र लगन अनौठो छ।’

Advertisement