काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको माहोल शुरु भइसकेको बताएका छन् । हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको स्मरण गर्दै आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा सम्पन्न हुने भएकाले चुनाव निष्पक्ष हुने दाबी गरे ।
‘यो सरकार बन्नु अघिको सरकाले आवश्यक ऐन कानुन नबनाएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेस र स्थानिय सरकारले बारम्बार आवाज उठाउनुपर्ने, आन्दोलनगर्नु पर्ने परिस्थिति बनेको छ,’ उनले भने,‘ ‘आगामी निर्वाचन पछि यी सबै समस्याको समाधान हुनेछ ।’
हाल स्थानीय र प्रदेस सरकारले चाहे अनुसार र संविधानमा ब्यवस्था भए अनुसार काम गर्न नसक्नुको पछाडी ओली सरकारले गरेका असंवैधानिक कदम रहेको उनको भनाई थियो ।
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७औं स्मृति दिवसको अवसरमा शोभाभगवतिमा शुक्रबार बिहान आयोजित माल्यार्पण कार्यक्रममा बोल्दै नेता सिहले मुलुकको पछिल्लो घटनाबाट हुनसक्ने राजनीतिक दुर्घटना रोक्न हालको ‘अस्थाई अरेजमेन्ट’ स्वरुप कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएको उनले बताए ।
अब सरकार र राजनीति दल सबैको ध्यान भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनतर्फ लाग्नुपर्ने उनको सुझाव थियो । कायक्रमा बोल्दै नेता सिंहले स्व मंगलादेवी सिंहले सुरु गर्नुभएको अधिकार प्राप्तिको आन्दोलनको निरन्तरता स्वरुप अहिले सबै क्षेत्रमा ३३ प्रतिशत महिला सभागिता सुनिश्चितताको ब्यवस्था भएको जानकरी दिए । कार्यक्रम नेपाल महिला संघ काठमाडौ जिल्लाको आयोजनामा सम्पन्न भएको हो ।