काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आर्थिक तथा सामाजिक रुपान्तरणको लागि शिक्षालाई शिप, शिपलाई श्रम र श्रमलाई उद्योगसंग जोड्नुपर्ने बताएका छन् । शनिबार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा आयोजित समाजवादी इञ्जिनियरिङ एसोसीएसन नेपालको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै मन्त्री कुँवरले त्यस्तो बताएका हुन् ।
मन्त्री कुँवरले आफू मन्त्री भईसकेपछि मन्त्रालयमा सवै भन्दा वढी आन्तरीक रोजगारीका क्षेत्रहरुको खोजी गर्ने काम अगाडि वढाएको , बैदेशिक रोजगारीमा ठगीका गुनासाहरु धेरै आउने भएकोले त्यसको निरुत्साहनको पहल भै रहेको बताए ।
मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको दायरा वढाउने ,वैदेशिक रोजगारीमा अनौपचारीक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने बताए ।
बैदेशिक रोजगारवाट फर्किएका श्रमिकहरुको लागि नेपालमै रोजगारीको व्यवस्थापन गर्न पुनएकीकरण कार्यक्रमको निति ल्याएको भन्दै मन्त्री कुँवरले विदेशी अस्पतालमा भएका नेपालीहरुको लास र कोमामा भएका विरामीहरुको उध्दारका लागि ३ सदश्यिय समिति वनाएर काम सुरु भै सकेको र केही दिनमा त्यसको रिर्पोट सार्वजनिक गर्ने बताए ।
मन्त्री कुँवरले अव नेपालमा पनि गलैंचा उद्योग स्टिल फ्याक्ट्री सुन पसल इटा भट्टामा ९० प्रतिशत कामदारहरु विदेशी भएकोले आन्तरीक श्रमीकहरुलाई काम गर्ने बातावरण वनाउन सवैले पहल गर्नुपर्ने बताए ।