April 17, 2026, Friday
२०८३ बैशाख ५
1:37:26 pm

नेपाली काँग्रेसले राष्ट्रव्यापी अभियान चलाउने

1.9K

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रव्यापी अभियान चलाउने भएको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी राष्ट्रव्यापी अभियान चलाउने भएको हो ।

बैठकमा केन्द्रीय सदस्यहरूले चुनावलक्षित प्रचार प्रसार र संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।

काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले भदौ २ गतेदेखि २४ गतेसम्म प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने बताए ।

Advertisement

केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम अब केन्द्रीय कार्यालयले अभियानको खाका तयार गर्नेछ । काँग्रेसले स्थानीय चुनावअघि एकमहिने अभियान चलाएको थियो ।