April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भाषा, साहित्य र संस्कृति प्रवर्द्धनमा प्रतिष्ठानको भूमिका प्रशंसनीय: प्रम देउवा

2.4K

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले देशको भाषा, साहित्य एवम् संस्कृतको प्रवर्द्धनमा प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

प्रतिष्ठानको ६५ औं वार्षिकोत्सबको अवसरमा बिहीबार आयोजित राष्ट्रिय कविता महोत्सवमा देउवाले सो कुरा बताएका हुन् ।प्रतिष्ठानले छ दशक लामो समयमा ज्ञान, विज्ञान, भाषा एवम् सांस्कृतिक क्षेत्रको महत्त्वलाई स्वदेशमा मात्र होइन, बाहिर चिनाउन अग्रणी संस्थाको रुपमा काम गर्दै आएको छ । देउवाले भने, हाम्रो कला, संस्कृति प्रवर्द्धनका लागि छुट्टै कानुनी व्यवस्थामार्फत प्रतिष्ठान स्थापना भएको हो ।

प्रधानमन्त्री देउवाले २०६२र६३ सालको राजनीतिक परिवर्तनपछि नयाँ रुपान्तरण आएको उल्लेख गर्दै विभिन्न भाषा, साहित्य, दर्शन र समाजशास्त्रको संरक्षणमा पनि प्रतिष्ठानले योगदान पुर्याउँदै आएको बताए । नयाँ रुपान्तरणसँगै बहुजातीय, बहुभाषिक सम्बोधन गर्नेगरी कृतिहरु, प्रचलित भाषा, साहित्य, संस्कृति र भूगोल तिनीहरुको एकता बढाउन सिर्जनशील कार्यक्रम प्रज्ञा प्रतिष्ठानले गर्दै आएको छ । देउवाले भने ।

Advertisement

देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवर्द्धनमा योगदान पुर्याउन जोड दिदै देउवाले काठमाडौंको मैतीदेवीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माणका विषयमा खुसी प्रकट गरे ।