April 17, 2026, Friday
२०८३ बैशाख ५
1:37:26 pm

धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षमा काँग्रेसका जितेन्द्र रुम्दाली विजयी

2.9K

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्र रुम्दाली विजयी भएका छन् । नेपाली काँग्रेस धनकुटा प्रदेशसभा १ का क्षेत्रीय सभापति समेत रहेका राई नेकपा एमालेका कुमार जङ्ग याक्खालाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

राई २०७४ को निर्वाचनमा उनै याक्खासँग पराजित भएका थिए । रुम्दालीले ५५९९ मत ल्याउँदा याक्खाले ४८२८ मत पाएका छन् । यसअघि याक्खाले ४४४९ मत ल्याउँदा रुम्दालीले ३३३९ मतमा चित्त बुझाउनु परेको थियो ।

उपाध्यक्षमा नेकपा एमालेकी मुना राई विजयी भएकी छिन् । राईले ४६४० मत ल्याउँदा गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका लीलाराज लावती ४१३६ प्राप्त गरे ।

Advertisement