काठमाडौ । एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको भन्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिनुपर्ने बताएका छन् । स्वतन्त्र न्यायालयको छवि बचाउने हो भने अब प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नु उपयुक्त रहेको भट्टराईले बताएका छन् ।
गजेन्द्र हमाल प्रकरणमा दोष हमालको नभएर प्रधानमन्त्री, सरकार र प्रधानन्यायाधीशको बताउदै प्रश्न उहाँहरूमाथि उठेको हो उनले बताए ।
उनले गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिनु नै समस्याको समाधान नहुने पनि बताए ।
भट्टराईले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित भएको पनि बताए ।
नेता भट्टराईले स्वतन्त्र न्यायालयमाथि दाग लगाउने प्रधानन्यायाधीशबारे महाअभियोग लगाउने वा के गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने भन्दै अहिले नै त्यसबारे आफुले केही भन्न नसक्ने बताए