April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कांग्रेसको शक्ति प्रदर्शनसहित पौडेलले पुल उद्घाटन गर्ने

3.9K

काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उदघाटन गर्ने तय भएर रोकिएको पुल उद्घाटन बिहीबार हुने भएको छ।

तनहुँ व्यास नगरपालिका १,१० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने तय भएको थियो। सत्तारुढ दलका कार्यकर्ताले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रशासनले निषेधाज्ञा जारी गरेकै समय पौडेलले उद्घाटन गर्ने गरि अघि बढेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

कांग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गर्न लागेको हो। कांग्रेसले तनहुँमा शक्ति प्रदर्शनसमेत गर्ने भएको छ। जिल्लाभरबाट कार्यकर्ता दमौलीमा उतारेर पुल उद्घाटनमा सहभागिता बढाउन लागिएको छ। पौडेलले उद्घाटन गर्ने कार्यक्रमका लागि केन्द्रीय सदस्य शंकर भण्डारी र  गोविन्द भट्टराई तनहुँ आएको जिल्ला सचिव विश्व वाँस्तोलाले जानकारी दिए।

Advertisement