काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग ल्याउन सहमत भएको छ ।
शुक्रबार बिहान बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई राष्ट्रपतिले साथ दिएको भन्दै महाअभियोग लगाउने निर्णय गरेको हो ।
माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेर राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने सहमति भएको नेता रमेश लेखकले जानकारी दिए ।
‘मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सरकार गठनका लागि सिफारिस गर्नु संविधान विपरित हो । मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले २४ घण्टाको समय दिएर सरकार बनाउन आह्वान गरेर राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो पदको चरम दुरुपयोग गरे । यस विषयमा हामी अन्य दलहरुसँग छलफल गरेर अगाडि बढ्छौं’, उनले भने ।