May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
1:37:26 pm

नेपाली जनताको चाहना पूरा नभएको विप्लवको टिप्पणी

२०७७ फाल्गुन २१

2K

काठमाडाैं- भूमिगत जीवनबाट भर्खर सार्वजनिक भएका नेत्रविक्रम चन्द ‘विप्लव’ले  नेपाली जनताको चाहना पूरा नभएको टिप्पणी गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा आज  नेपालका परिर्वतनकारी सहिदहरुको सम्झनामा मनाउने दिन परेको भन्दै उनले आफू सहिदहरुको सपना पूरा गर्न लागि पर्ने बताए।

उनले काठमाडौंमा सार्वजनिक हुनुअघि गाउँबाट आउँदाको घटना जोड्दै मजदुर र श्रमिकहरुको हितमा लाग्ने बताए। ‘हामी एउटा गाउँमा बस्दै गर्दा सहिदकी आमाले टीका लगाइदिनु भयो र भन्नु भयो-आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदको चाहाना पूरा भइसकेको छैन’, उनले भने ‘नेपालका जनताको चाहाना पूरा भएको छैन। दु:ख गरि खाने नेपालीहरुको चाहाना पूरा भएको छैन। यो सम्झेर हस्ताक्षर गर्नु होला भन्नु भएको थियो। मृत्युको नजिक नपुगेर फर्केको नेतापनि छैन। कठिन अवस्था भोगेर आएका नेताहरु छन्।’ 

उनले चा थरि मानिस देखिएको भन्दै  शोषक, श्रमिक, अलि अलि बोल्ने  र कम्युनिस्ट अन्यायविरुद्ध आवाज उठाउने मानिसहरु रहेको उनले बताए।  ‘देशमाथि अतिक्रमण भएको  देखेमा विद्रोह गर्छौै’ उनले भने  ‘कम्युनिस्टहरु भनेका शान्तिका दूत पनि हुन्। विद्रोहका प्रतिक मात्र होइनन्।’ 

Advertisement

‘तीन बुँदे सहमितमा प्रतिबद्ध छ। यसलाई हामी पालना गर्छौं आशंका वा उत्तेजनात्मक वा कुतर्क गर्न जरुरी छैन’ , उनले थपे।