April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

यासोकमा प्रदेश पुनः नामाङ्नकन जनसम्बाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८० फाल्गुन २९

1K

पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा प्रदेश पुनः नामाङ्कन जनसम्बाद तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउँकार्य समिति तथा प्रदेश नम्बर १ पुनः नामाङ्कन सङ्युक्त संघर्ष समितिको आयोजनामा भएको सोही कार्यक्रममा कुम्मायक गाउँपालिकामा रहेका विभिन्न ऐतिहासिक पुरातात्त्विक सम्पदाहरुको अवसेसहरुको हालकोअवस्था र वर्तमान उपनिबेसिक राज्य सत्ताले नामेट पार्न खोजिएको हो कि भन्ने सन्दर्भमा छलफल भएको थियो ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ति तुम्बापो सचीव तथा बरिस्ठ कलाकार यासेली योङहाङको नेतृत्वमा सोसियल साइन्स रिसर्चका सविन निङ्लेकु, नेपाल आदिवासी जनजाति महासङ्घका निवर्तमान केन्द्रीय उपाध्यक्ष गोबिन्द छन्त्याल, बिश्वबिद्धालय लन्डनका प्राध्यापक स्टेफनि लोटर र अनुसन्धानकार्य तथा लेखक कैलाश राई साथै भारतको गुर्ज्रात सिक्किमबाट समेत आएका टोलीले बालाकर्ण मन्दिर, हाङमा वरकको अवसेस र लिम्बु समुदायको पुरानो र ऐहासिक समाधि स्थललाइ ध्वस्त पारेर बिकासको नाममा रैथाने नागरिकहरुको सस्कृति सभ्यता बनजङ्गल जमिन अतिक्रमण किन हुदैछ भन्ने बिषयमा अध्यन अनुसन्धान भएको थियो ।

Advertisement

उक्त कार्यक्रमको जनसम्बादमा प्रदेश नम्बर १ को पुनः नामाङ्कन सयुक्त संघर्षलाइ १ नम्बर प्रदेशले पहिचानको आधारमा प्रदेशको नाम पुनः नपाएसम्म कुम्मायक गाउपालिकाका अध्यक्ष बमप्रसाद लावति उपाध्यक्ष महेन्द्रबहादुर खड्का लगायत वडाका वडा अध्यक्षहरुले शान्तिपूर्ण बैचारिक लडाइँ लडिरहने बताए । उपाध्यक्ष महेन्द्रबहादुर खडकाको कार्य कक्षमा लिम्बुवान किरात लेखिएको तस्बिरसमेत राख्दै आन्दोलनले चाहेको जुनसुकै मर्मलाइ साथ दिन जहिल्यै आफुहरु तयार रहने पनि उनीहरुले बताए ।

याःसक नाम यस भूगोलको नाम हुनुमा पापोहाङ राजाको सेसपछि उवाहाङ्को पालामा युमाले साक्षात रूपमा माथिबाट कोहि गडगडाउदै आएको आवाज उवाहाङ्ले सुनेपछि याःसक ठाउको नाम रहन गएको वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रवक्ता देवेन्द्रकुमार लावतीले बताए ।

नेपाल सङ्घिय लोकतन्त्र स्थापना भएपछि उपनिवेश राज्य सत्ताले गणितीय तानाशाही हिसाबले यहाँका रैथाने नागरिकको आवाज दमन गर्न खोजिएको चुम्लुङ्का निवर्तमान सदस्य गणेश चेम्जोङ्ले बताए ।

किरात याक्थुङ राज्य , प्रदेश नम्बर १ पुनः नामाङ्कन सम्बन्धिको आन्दोलन र मुन्धुमि समाधि स्थलहरुको अतिक्रमण किन बढ्दै छ भन्ने बिषयमा आएको उक्त अध्यन टोलिहरुसङ्ग कुम्मायक कुस्सायक क्षेत्र बिकास समितिको अध्यक्ष जकेन्द्र लावति समाजसेवी खिमसेमि शेर्मा लावति सयङका अध्यक्ष तेजप्रकाश लावति , गयेन्द्र लावति उमा चाम्लिङ राइ , अस्मिता फेःदेन लगायतले सम्बाद तथा अन्तक्रिर्या कार्यक्रममा आआफ्नो धारणा राखेका थिए ।

किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउपालिका अध्यक्ष तथा प्रदेश नम्बर १ को पुनः नामाङ्कन संघर्ष समितिका अध्यक्ष पदम सुखि सम्बाहाम्फेको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।