March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

पाँचथरमा आगलागीमा परी एक युवाको मृत्यु

1.7K

पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका-१ मा आगलागीमा परी एक युवाको मृत्यु भएको छ । जंगलमा लागेको डढेलोको झिल्काले घर जल्दा पाँचथरको ३२ वर्षीय युवाको मृत्यु भएको हो।

प्रहरीका अनुसार फाल्गुनन्द १ लाक्सेबुङका प्रेम नेम्वाङका ३२ वर्षीय छोरा मनकुमार नेम्वाङको मृत्यु भएको हो । उनको बिहीबार दिउँसो साढे ३ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

स्थानीय लाक्सेबुङ जंगलबाट सल्केको आगोको झिल्कोले नेम्वाङको घर जलेको प्रहरीले जनाएको छ । घर जलेको देख्नासाथ प्रहरी चौकी नवमीडाँडाबाट खटेका प्रहरी र स्थानीयले निभाउने प्रयास गरे पनि सम्भव नभएको स्थानीय बताउँछन् ।

Advertisement

घरमा आगलागी हुँदा मनकुमार एक्लै थिए । अपांगताका कारण हातखुट्टा चल्न नसक्ने अवस्थाका उनी भाग्न नसक्दा बसेकै ठाउँमा जलेर ज्यान गएको हो ।