वाग्मती: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने जानकारी दिनुभएको छ । शहीद दिवसका उपलक्ष्यमा शहीद स्मारक विकास समितिद्वारा यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शहीदका सपना साकार पार्न प्रमुख दलले नै आपसी वादविवाद होइन, जनता र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने अवस्था आएको बताउनभुयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभाका कांग्रेस प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले शहीदले गरेको त्यागलाई उच्च सम्मान गर्नुपर्छ भन्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर रानाले सत्ता राजनीतिको होडबाजीलाई त्यागेर विकासप्रति एकजुट हुन आग्रह गर्नुभयो ।
उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट निस्केको र्यालीले शहीद स्मारक पुगी शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको थियो ।