December 28, 2025, Sunday
२०८२ पुष १४
1:37:26 pm

हात्ती तथा पर्यटन महोत्सव सम्पन्न

440

काठमाडौं । चितवनको सौराहामा जारी १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव समापम गरिएको छ । आइतबार हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर महोत्सव समापन गरिएको हो।

सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा हात्तीका लागि आज विशेष वनभोजको आयोजना गरिएको थियो । हात्तीलाई १५ परिकारका खानेकुरा दिइएको थियो ।

महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबललगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि भएका थिए ।

Advertisement