December 26, 2025, Friday
२०८२ पुष ११
1:37:26 pm

अर्घाखाँचीमा विद्यार्थी सवार जिप दुर्घटना, एक जनाको मृत्यु

505

काठमाडौं । अर्घाखाँचीमा विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको लु२च ५१७९ नम्बरको जिप सोही नगरपालिका–७ छिर्लिङ खोला नजिक दुर्घटना हुँदा जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

प्रहरीकाअनुसार भूमिकास्थान नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका विद्यार्थी सवार जिप दुर्घटना भएको हो ।

दुर्घटनापछि प्रतियोगिताअन्तर्गतका आजका सबै खेल स्थगन भएका गरिएका नगरपालिकाले जनाएको छ ।