December 28, 2025, Sunday
२०८२ पुष १४
1:37:26 pm

ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एकजनाको मृत्यु, पाँच जना घाइते

445

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन्।

शनिबार बिहान भएको विस्फोटमा परी कटहरिया नगरपालिका–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोट अत्यन्तै शक्तिशाली रहेकाले डिस्टिलरी परिसरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

Advertisement

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ ।

घाइतेको पहिचान र विस्फोटको ठोस कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।