काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेल नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।
ओलीलाई भेट्न मन्त्री खरेल शुक्रबार भक्तपुरको गुण्डुको निवासमा पुगेका हुन् ।
खरेलको सचिवालयका अनुसार उनीहरुबिच आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।