March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

राष्ट्रिय सभाको अधिवेशन बोलाउन कांग्रेसको माग

995

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गरेको छ । नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरी अविलम्ब अधिवेशन बोलाउन माग गरेको हो ।


१० पुसमा बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन भएको अवस्थामा जनताका आवाजहरू उठाउने सार्वभौम संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न अध्यक्षसँग माग गर्ने निर्णय गरेको रोकायले बताए ।

pin up pinup

सोही निर्णय अनुसार राष्ट्रिय सभा अध्यक्ष दाहाललाई भेटेर अधिवेशन अविलम्ब बोलाउन ध्यानाकर्षण गराइएको उनले बताए ।

Advertisement

भेटमा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, बिष्णु सापकोटा र पदम परियार लगायत सहभागी थिए ।