विराटनगर । लागूऔषध गाँजासहित दुईजना भारतीयलाई प्रहरीले हवाइ फायरद्वार नियन्त्रणमा लिएको छ।
मोरङको जहदा गाउँपालिका-२ स्थितबाट ३३० किलोग्राम लागूऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा पुस १२ गते राती जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाँजाको बोरा बोकेर भारततर्फ जाँदै गरेका भारत अररियाका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको हो ।
रोक्न खोज्दा बोरा फ्याकेर भागेका उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीले १ राउण्ड हवाई फायर गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।
लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




