ललितपुर । काठमाडौंको बालाजुमा बस पल्टिदा ३४ जना घाइते भएका छन् ।
आइतबार बिहान बालाजु बाइपासमा बा ५ ख ५० नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ ।
यात्रुहरू सामान्य घाइते भएको र उनीहरूलाई नजिकैका अस्पतालहरूमा पठाइसकेको पनि प्रहरीले जनाएको छ ।
पल्टिएको बसलाई अहिले क्रेनले उठाइसकेको छ ।