November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बिराटनगरबाट काठमाडौं आउदै गरेको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु

715

भक्तपुर । बिराटनगरबाट काठमाडौं आउदै गरेको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

प्रहरीकाअनुसार शुक्रबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा ट्रकले ठक्कर दिँदा बाटोमा हिँडिरहेका भुवन भुजेलको मृत्यु भएको हो ।

भुजेलसँगै हिँडिरहेका टेकप्रसाद दाहाल भने घाइते भएका छन्। दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

बटुवालाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ भने घरपालुवा २० वटा पन्छी मरेका छन् ।

ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।