विराटनगर । धनकुटामा एक पुरुषको शव फेला परेको छ । पाख्रिबास नगरपालिका–५ रुपाटारमा भोजपुर, अरुण गाउँपालिका ७ बस्ने वर्ष २७ को सागर थापाको शव फेला परोके प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार झापास्थित मावली घरबाट गत सोमबार फर्केकोमा घर नपुगेपछि खोजी गर्दा मंगलबार साँझ उनी मृत अवस्थमा फेला परेका हुन् ।
खोजतलास गर्ने क्रममा मृतकका बुवाले उनलाई पाख्रीबास नगरपालिका, ५ रुपटारस्थित खेतबारीमा घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान कार्य अघि बढाइएको र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको प्रहरीले जनाएको छ ।