November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पूर्वप्रधानमन्त्री झलनाथ खनालको बौद्ध शिक्षा ग्रहण प्रेरणादायी

1.1K

काठमाडौं । बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको ५ औं वार्षिक पुण्यतिथिको अवसरमा विश्वशान्ति विहार मीन भवनमा कार्यपत्रको प्रस्तावना सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा बौद्ध विद्वानहरू क्रमशः मदन मानन्धर र डा. त्रिरत्न मानन्धरले कार्यपत्र प्रस्तुत भएका छन् । भिक्षु ज्ञानपूर्णिकले बौद्ध धर्ममा ६० वटा पुस्तक लेखेका छन् । धर्मोदय महासभाका पूर्व अध्यक्षसमेत रहेका भिक्षु ज्ञानपूर्णिकले थाइल्याण्डको महाचुलालोङकोर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि दिइएको छ ।

महेन्द्ररत्न शाक्य र भिक्षु निग्रोध महास्थवीरले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । भिक्षु अनागारिका थेरवाद बौद्ध एकेडेमीका प्राध्यापक र विद्यार्थीहरूले भाग लिएको कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालको विशेष उपस्थिति रहेको थियो ।

Advertisement

खनालले बौद्ध शिक्षाको अध्ययन गरिरहेका छन् । देशको प्रमुख कार्यकारी पदमा पुगेका व्यक्तिले बौद्ध शिक्षा ग्रहण गर्नु, अरूको लागि प्रेरणाको स्रोत हुनसक्ने औल्याइएको थियो ।

सर्वोच्च पदमा पुगिसकेका व्यक्तिले पुनः औपचारिक शिक्षा सुरु गरेको उदाहरण हाम्रो समाजमा विरलै छ । ती मध्ये पूर्व प्रधानमन्त्री झलनाल खनालको बौद्ध शिक्षा अध्ययन पनि हो । थेरवाद बौद्ध धर्मका सातौं संघनायक भिक्षु ज्ञानपूर्णिकको स्मृति गोष्ठीको अध्यक्षता थेरवाद बौद्ध एकेडेमीका अध्यक्ष निग्रोध महास्थवीर र कार्यक्रम सञ्चालन डा. रीना तुलाधरले गरेका थिए ।