इमाडोल । ललितपुरमा एकजना महिला भमृत फेला परेकी छन् । छम्पीस्थित एक गाई फार्ममा झुण्डिएको अवस्थामा महिला मृत फेला परेकी हुन् ।
प्रहरीकाअनुसार मकवानपुरगढी गाउँपालिका–१ घर भएकी २० वर्षीय पाल्साङ बमजनकी १८ वर्षीया श्रीमती सुशिला बम्जन गोदावरी नगरपालिका–९ छम्पीस्थित अमृत विष्टको गाई फर्ममा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
छम्पीमा जग्गा भाडामा लिएर गाई पालन गर्दै आएको फर्ममा उनीहरू दुईजना पछिल्लो ११ दिनदेखि काम गर्दै आएका थिए ।