रौतहट । ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर रौतहटमा दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार मङ्गलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्नेक्रममा ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेका थिए । दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।