काठमाडौं । ताप्लेजुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित नौजना घाइते भएका छन् । मेरिङ्देन गाउँपालिका–६ नाल्बूदेखि सदरमुकाम फुङ्लिङतर्फ जाँदै गरेको ज १ च १३१७ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिका–२ सान्थाक्राको साक्फारामा शुक्रवार बिहान ११ः१५ बजेतिर भएको जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मेरिङ्देन गाउँपालिका–६ नाल्बुका चालक २५ वर्षीय साङ्गे शेर्पा घाइते भएका छन् भने सवारी चालक शेर्पाको टाउको चोट लागेको छ । घाइते सबैको टाउको, हात, खुट्टा, चिउँडो, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ ।
प्रहरीकाअनुसार सवारी दुर्घटनामा परी घाइते हुनेलाई मेरिङ्देन गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ लगिँदै छ ।