June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

विपद्‌मा परी घाइते भएका नागरिकको सरकारले नि:शुल्क उपचार गर्नुपर्छ : नेता कोइराला

415

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले विपद्मा परी घाइते भएका नागरिकको सरकारले निःशुल्क उपचार गर्नुपर्ने बताएका छन् । शुक्रबारको हावाहुरीबाट विभिन्न जिल्लामा धनजनको क्षति भएकोप्रति दुख व्यक्त गर्दै उनले विपद्का घटनाबाट जोगिन सजगता अपनाउन र नियन्त्रणमा राज्यका सबै संरचना सक्रिय बन्नुपर्ने बताएका हुन् ।

वर्षायाम सुरु हुँदै गर्दा देशभर विपद्को जोखिम बढेकोमा सजगता अपनाउन समेत आग्रह गर्दै उनले सामाजिक संजालमा लेखेका छन्, ‘हिजोको हावाहुरीबाट भएको धनजनको क्षतिप्रति दुःखी छु । मृतकप्रति श्रद्धान्जली, परिवारप्रति समवेदना । घाइतेको उपचारको निशुल्क प्रबन्ध मिलोस् । यो विपद्को बेलामा थप सजगता अपनाउन सबैमा आग्रह गर्दछु ।!

विपद् प्रभावित नागरिकको जीवन रक्षाका लागि राज्यका सबै संरचना सक्रिय बन्नुपर्ने उनले बताएका छन् ।

Advertisement