June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

चन्द्रागिरी हिल्स लिमिटेड ट्रेड युनियनको अध्यक्षमा हिक्मत रावल निर्वाचित

460

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड ट्रेड युनियनको अध्यक्षमा हिक्मत रावल निर्वाचित भएका छन् । हालै सम्पन्न भएको निर्वाचनमा नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर यूनियन ७३ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा तीनवटा ट्रेड युनियनले प्रतिस्पर्धा गरेका थिए । अखिल नेपाल होटल, व्यवसायी तथा रेस्टुरेन्ट मजदुर संघले ३० मत प्राप्त गरेको छ भने नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले ३३ मत प्राप्त गरे ।

निर्वाचन अधिकृत बिबेक यादबका अनुसार कुल १४० मतदातामध्ये १३६ जनाले मतदान गरेका थिए ।

Advertisement

नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर यूनियन नेकपा एकीकृत समाजबादी आवद्ध मजदुर संगठन हो । नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई नेकपा एसका अध्यक्ष माधब कुमार नेपालले शुभकामना दिएका छन् ।