काठमाडौं। पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बझाङ घर भएकी रश्मिला धामी रहेकी छन् ।
बुधवार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।धामीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसुरको उजुरी परेको जनाइएको छ ।
‘अदालतको गेटमा न्याय दे’ भनेर विष सेवन गरी ढलेको देखेपछि उनलाई प्रहरीले तत्काल उद्धार गरेर अल्का अस्पताल लगेको हो । अब वीर अस्पताल लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।
वीर अस्पताल लगेपछि उजुरीबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।