April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रित्तो थालसहित सहकारीपिडितको प्रदर्शन

775

काठमाडौं । पोखराका सहकारीपीडितहरूले सडकमा प्रदर्सन गरेका छन् । आफ्नो रकम सहकारीमा डुबेपछि महिनौंदेखि पीडामा रहेका पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि संघर्षलाई जारी राखेका हुन् ।

उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गर्नुका साथै धर्नामा बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर्’, ‘सहकारी ठगलाई कारबाही गर्’ सहितका नारा लगाएका थिए ।

सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार बिहीबार मुस्ताङचोक र आसपासका क्षेत्रमा प्रदर्शन गरिएको थियो । बचतकर्ताको बचत रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ। उनका अनुसार सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताको बचत रकम डुबेको छ।

Advertisement

उनले एक हजार ५१ सहकारीपीडितको जाहेरीसहित एक अर्ब १२ करोड बिगो दाबी गरिएको बताउदै प्रहरीले गरेको अनुसन्धानबाट उक्त सहकारीबाट रु एक अर्ब ३५ करोड अपचलन भएको खुलेको जानकारी दिए ।

त्यसमध्येको केही रकम गोर्खा मिडिया नेटकर्व प्रालिमा ल्याई अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उक्त मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ।

यही कात्तिक २ गते पक्राउ पर्नुभएका सभापति लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान गरिएकामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।