January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

1.1K

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

mostbet

महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाएस्सीट सएएम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

Advertisement

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ।

यही असोज २७ देखि कात्तिक १ गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा सांसदहरु सुनिता बराल र निशा डाँगी रहेका छन्। 

प्रतिनिधिमण्डलमा राष्ट्रिय सभासदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल तथा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितका अधिकृत छन्।

अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आगामी कातिक ३ गते स्वदेश फर्किने कार्यक्रम छ।