April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वय गर्छ: उपप्रधानमन्त्री सिंह

850

धनगढी । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी ठगीबारे छानबिनका लागि गठन भएको संसदीय समितिले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।

प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘संसदीय विशेष समितिले सहकारीको रकम दुरुपयोग सम्बन्धी प्रतिवेदन बुझाएको छ । सरकारले प्राप्त गरेपछि प्राप्त सुझावका आधारमा अध्ययन गरेर कार्यान्वयन गर्नेछ ।’

संसदीय समितिले गोरखा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने लगायतमाथि कारबाहीको सिफारिस गरेको छ ।

Advertisement