काठमाडौ । मकवानपुरमा भएको योङ इन्डिजिनिस्ट लिग (वाई.आई.एल) ‘हाई कमाण्ड’को तीन दिने बैठक शनिवार सम्पन्न भएको छ ।
भाद्र २७ देखि २९ सम्म चलेको बैठकमा (वाई.आई.एल)का चिफ कमान्डर सनम लिम्बुको अध्यक्षतामा २१ जना हाई कमाण्ड सदस्यहरुको सहभागिता थियो ।
बैठकमा बोल्दै सनम लिम्बुले भने, ‘इतिहासदेखि एकलराष्ट्रिय राज्य औपनिवेशिकताबाट हुँदै आएको जातीय संहार अन्त्य गर्दै बहुल राष्ट्रिय राज्य नेपाल हाम्रो न्यूनतम लक्ष हो। यस मार्फत स्वदेशी राष्ट्रहरूलाई स्वशासन साथै आत्मनिर्णयको अनुभूति गराउनेछ जुन भनेको राज्यत्व हो । राज्यत्व प्राप्तिको हाम्रो लक्ष्य हासिल गर्नको लागि चार बिकल्प र चार तयारीलाई अगाडि बढाएका छ।’
यस्तै, बैठकमा स्वदेशवाद, बहुल राष्ट्रिय राज्य र सामुदायिक समाजवाद स्थापनार्थ देशव्यापी रुपमा दृश्य र अदृश्य संघर्ष र बिद्रोहको कार्यक्रमहरु घोषणा गर्ने निर्णय भएको छ ।
साथै, समसमायिक राजनीतिक लगायत समग्र देशको विविध विषयमा बैठक केन्द्रीत रहेर छलफल भएको थियो ।
वाई.आई.एल चिफ कमान्डर सनम लिम्बुले भने, ‘बैठकमा तीन महिना भित्रमा तीन कमान्ड अन्तर्गत २१ राष्ट्रिय बाहिनीहरुको निर्माण गर्दै ५ हजार युवा अग्रदस्ता (वाई.आई.एल) सदस्यहरुका उपस्थितिमा (वाई.आई.एल) पहिलो ऐतिहसिक राष्ट्रिय सम्मेलन गरिने छ ।’
असोजमा करिब १५ करोडको लगानीमा बन्ने पल रिन्छेन दोर्जे एकेडमी (वाई.आई.एल) को पहिलो अकेडमी निर्माणको सुरुवात गरिने र फस्ट नेशन बिल्डर्स लिमिटेडको उदघाटन मङ्सिर महिनामा (वाई.आई.एल) को राष्ट्रिय सम्मेलन लगत्तै हुने बताइएको छ ।
वाई.आई.एलले देशब्यापी भित्ते लेखन कार्यक्रम, मासिक पत्रिका प्रकाशन लगायत कालो बजारी, भ्रस्ट्चारि, जल जमिन जङ्गल माथिको अतिक्रमण गर्ने दलालीहरुको बिरुद्ध सशक्त बिरोधसहित त्यसलाई न्युनिकरण गर्नको लागि देशब्यापी कारबाहीको घोषणा भएको समेत व्यक्त गरे । उनले अदृस्य भई गर्ने संघर्ष र विद्रोहको कार्यक्रमहरु बारे भने खोलेका छैनन् ।