May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

काभ्रेमा भ्यान दुर्घटना हुँदा ६ जना घाइते

590

काठमाडौं । काभ्रेमा भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार दिउँसो बीपी राजमार्गअर्न्तगत धुलिखेल नगरपालिका ११ पात्लेखेतमा इलेक्ट्रिक भ्यान दुर्घटनामा परेको हो ।

प्रहरीको अनुसार आज २ बजेतिर रामेछापको मन्थलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ५२५ नम्बरको इलेक्ट्रिक भ्यान पात्लेखेतमा अनियन्त्रित भई सडकबाट तल खस्दा ६ जना घाइते भएको हो ।

दुर्घटनामा परी रामेछापको मन्थली नगरपालिका ८ बस्ने २८ वर्षीय श्रवणकुमार माझी, उनकी श्रीमती शर्मिला माझी, उनका छोरी सोडिमा माझी, सोही नगरपालिका ८ की १६ वर्षीया मनिषा माझी, उनका भाइ १४ वर्षीय आशीष माझी र काभ्रेको बनेपा नगरपालिकाको ७ गोदामचोक बस्ने १६ वर्षीया सचिता गिरी घाइते भएका छन् ।

Advertisement

घाइतेहरुको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सवारी चालकलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।