April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

खोटाङमा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु

1.2K

विराटनगर । खोटाङमा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

प्रहरीका अनुसार खोटाङको रावाबेशी गाउँपालिका-१ हरामटार मैन चौर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर ८५ बर्षीय बृद्धको मृत्यु भएको हो।

बुधवार दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा अचानक आफैलाई आगोले पोल्दा स्थानीय ८५ बर्षीय सिद्धी बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।