काठमाडौं। नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन् । प्रत्याशी कुवेर शर्मालाई पराजित गर्दै महर्जन विजयी भएका हुन् ।
शनिबार आयोजित संघको ४९ औँ वार्षिक साधारणमा भएको कार्यसमिति निर्वाचनमा महर्जनले शर्मालाई ६० मतले पछि पारेका छन् । महर्जनले १०६ मत प्राप्त गर्दा शर्माले ४६ मत प्राप्त गरे ।
हलवालाहरूको छाता संस्था नेपाल चलचित्र संघको सदस्यहरूमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देवेन्द्र खड्गी, गोविन्द शाही, प्रज्वल राणा, ओमप्रकाश जैसी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा निर्वाचित भएका छन् ।
निर्वाचित सदस्यहरूबाट आइतबार बस्ने कार्यसमितिको बैठकले विधानअनुसार उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका पदमा मनोनीत गर्नेछ ।